सनराइज बैंक लिमिटेडले झापाको बुद्धशान्ति गाउँपालिका गौँडामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीय प्रतिनिधिका रूपमा सुनील बस्नेतलाई नियुक्ति गरेर बैंकले शाखारहित बैंकिङ संचालनमा ल्याएको हो ।
बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरूले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरू लिन सकिने जनाइएको छ ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरूमा बैंकिङ पहुँच पुर्याउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ । बैंकले १ सय ३९ शाखा, ५६ शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउन्टर र १ सय ६१ एटिएममार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ ।








