मेगा बैंकले नेपालमै पहिलोपटक ल्यायो भिडियो कलबाट खाता खोल्ने सुविधा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मेगा बैंकले नेपालमै पहिलोपटक ल्यायो भिडियो कलबाट खाता खोल्ने सुविधा

मेगा बैंकले नेपालमै पहिलोपटक ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा ल्याएको छ । ग्राहकहरुको सुविधा र अत्याधुनिक बैंकिङ प्रविधिलाई आत्मसात गर्दै मेगा बैंकले ‘भिडियो कल’बाटै खाता खोल्ने सुविधा ल्याएको हो ।

ग्राहकहरुलाई विभिन्न प्रकारका सेवा सुविधा दिइरहेको मेगा बैंकको यस सुविधाबाट ग्राहकहरुले घरबाटै आफूले चाहेको खाता खोल्न सक्नेछन् । इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुलाई ‘भिडियो कल’ बाट खाता खोल्ने सुविधा अति नै सहज र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।

नेपालको बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्राइरहेको हालको सन्दर्भमा मेगा बैंकले ग्राहकहरुलाई अत्याधुनिक सुविधा दिने उद्देश्यले भिडियोबाट खाता खोल्ने सेवा
ल्याएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताउनुभयो । ‘यसले इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुलाई खाता खोल्नकै लागि बैंकमै आउनुपर्ने
वाध्यताको अन्त्य हुने विश्वास लिएका छौं,’ सिइओ खुञ्जेलीले भन्नुभयो ।

Read More
  • MBL - below news