नेप्सेमा सनराइज बैंकको मूल्य समायोजन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा सनराइज बैंकको मूल्य समायोजन

पुस ७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलवार सनराइज बैंक लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले ५ दशमलव ८० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २३९ तोकेको छ ।

कम्पनीको सोमवार कायम अन्तिम शेयरमूल्य रू. २५३ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बुक क्लोजको आधारमा सोमवारसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले ५ दशमलव ८० प्रतिशत बोनस शेयर र २ दशमलव ४८ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

Read More
  • MBL - below news