कन्चनपुर । एनआइसी एशिया बैंकका कर्मचारीले आत्महत्या गरेका छन् । सिन्धुलीकमलामाइ नगरपालिका–१४ रानिबाँस घर भएका धिरज न्यौपानेले कन्चनपुरको शाखामा झुन्डिएर आत्महत्या गरेका छन्। उनले बैङ्क रहेको घरको तेस्रो तलामा झुन्डिएर आत्महत्या गरेका हुन् । उनले आत्महत्या गरेको कोठामा सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको कार्यालय रहेको छ।
आत्महत्याको कारण भने उनको टुटेको प्रेम भएको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । उउनको खल्ती बाट ‘सुसाईड’ नोट भेटिएको छ जसमा आफूले एक युवतीलाई साँचो प्रेम गरेको र प्रेममा असफल भए पछि आत्महत्या गरेको लेखिएको छ ।