त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रणमा जम्मा गर्नुपर्ने रकम अब ग्लोबल आइएमई बैंकको कुनै पनि शाखाबाट गर्न सकिने


  • KBL News Ad
  • ADBL
  • City Express
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रणमा जम्मा गर्नुपर्ने रकम अब ग्लोबल आइएमई बैंकको कुनै पनि शाखाबाट गर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (प.नी.का.) बल्खु बीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता नविकरण भएको छ । 

उक्त सम्झौता पत्रमा त्रीवी पनीकाका परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंकको तर्फबाट किर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पत्रअनुरुप त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा दैनिक रुपमा संकलन हुने शुल्क तथा धरौटी वापतको रकम संकलन गर्ने व्यवस्थाका साथै त्री.वी.अन्र्तगतका क्याम्पसहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयबाट शुल्क/रकम जम्मा गर्न मिल्नेछ । 

Read More
  • EBL Ad news