राष्ट्र बैंकका ‘हाकिम’ बीमा समितिको अध्यक्ष बन्न अयोग्य !


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्र बैंकका ‘हाकिम’ बीमा समितिको अध्यक्ष बन्न अयोग्य !

४ पुस, काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको अध्यक्ष चिरञ्जीवि चापागाईंको चार वर्षे कार्यकाल पुस मसान्तमा सकिँदैछ । अध्यक्षको कार्यकाल सकिने समय नजिकिदै गर्दा आधा दर्जन आकांक्षीहरु शक्तिकेन्द्र धाउन थालेका छन् ।

अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषदले समितिको अध्यक्ष नियुक्त गर्न सकिने व्यवस्था गरेको छ । अहिले बीमा समितिको अध्यक्ष बन्नका लागि शक्तिकेन्द्र धाउनेहरुमा अमेरिकाको आवासीय राजदूतमा सिफारिस भएका डा. युवराज खतिवडाका ज्वाइँदेखि राष्ट्र बैंककै बहालवाला डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी लगायत छन् ।

Read More
  • MBL - below news