काठमाडौं । लक्ष्मी बैंकले नेपालमै पहिलोपटक कार्डरहित एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो डिजिटल बैंकिङ प्रविधि विस्तारको अभियान अन्तर्गत यस्तो सेवा सुरु गरेको हो ।
एटीएम कार्डको विकल्पमा भित्र्याइएको यो नौलो प्रविधिमा बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर एटीएमबाट पैसा झिक्न सकिनेछ । बैंकको एपमा लग ईन गर्ने बित्तिकै ‘कार्डलेस विथ ड्र’ अप्सन देखिन्छ ।
जसमा थिचेर आफूले झिक्न चाहेको रकम उल्लेख गर्नुपर्ने हुन्छ । त्यसपछि कन्फर्म गर्नका लागि आफ्नो एमपिन वा फिंगर-प्रिन्ट स्क्यान गर्नुपर्ने हुन् ।...