लक्ष्मी बैंकले नेपालमै पहिलो पटक सुरु गर्यो कार्डरहित एटीएम सुविधा


  • KBL News Ad
  • ADBL
  • City Express
लक्ष्मी बैंकले नेपालमै पहिलो पटक सुरु गर्यो कार्डरहित एटीएम सुविधा

काठमाडौं । लक्ष्मी बैंकले एटीएमबाट पैसा झिक्न एटीएम कार्ड नचाहिने प्रविधि भित्र्याउने भएको छ ।

नेपालमै पहिलो पटक नौलो प्रकारको सुविधा डिजिटल बैंकिङ्ग प्रविधि विस्तार गर्ने क्रममा लक्ष्मी बैंकले तपाईंको वालेटलाई पूर्ण रुपमा डिजिटल बनाउने तयारी गरिरहेको जनाएको छ। लक्ष्मी बैंकसँग तपाईंको एटीएम कार्डको विकल्पको रुपमा एक नौलो प्रविधि ल्याउँदै छ । जुन नेपालमै पहिलो पटक लक्ष्मी बैंकले भित्र्याएको हो । 

अब आफ्नो एटीएमबाट पैसा झिक्न एटीएम कार्ड नचाहिने भएको छ । कम से कम लक्ष्मी बैंकको एटीएम बैंकको मोबाइल एपमा रहेको एक सुविधा प्रयोग गरेर तपाईं सजिलै एटीएमबाट कार्ड बिना नै पैसा झिक्न सक्नु हुनेछ । त्यसको लागि तपाईंलाई चाहिने छ त केवल बैंकको मोबाइल बैंकिङ्ग एप ‘मोबाइल मनि’ र आफ्नो मोबाइलमा इन्टरनेट। साथै तपाईले बैंकको सो सेवा सब्स्क्राइब गरेको हुनु पर्नेछ।  

Read More
  • EBL Ad news