हिमालयन बैंकले केहि संचार माध्यममा समाचार आएको झैं मर्जरबारे कुनै पनि निर्णय नभएको जनाएको छ। हालसम्म मर्जर तथा प्राप्तिलाई लिएर कुनै पनि निर्णय नभएको जानकारी दिंदै बैंकले उचित बैंक वित्तीय संस्थाको खोजि गर्नलाई उपसमिति गठन गरेको जनाएको छ।
बैंक संचालक सुनिल बहादुर थापाको संयोजकत्वमा मर्जर तथा एक्युजिसन उपसमिति गठन गरेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जनाएका छन्।
उनकाअनुसार नेपाल राष्ट्र बैंकले अगाडी सारेको मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने नीतिलाई अनुसरण गर्दै बैंकले उपसमिति गठन गरेको हो। संचालक समितिद्वारा गठिन सो उपसमितिले मर्जर तथा प्राप्तिका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको खोजीका साथसाथै त्यसबारे अध्ययन विश्लेषणको कार्य गरिरहेको छ।







