सानिमा क्यापिटलका सीइओ बिरुद्द धितोपत्र बोर्डमा उजुरी


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा क्यापिटलका सीइओ बिरुद्द धितोपत्र बोर्डमा उजुरी

सानिमा क्यापिटल Sanima Capital  का नव नियुक्त प्रमुख कार्यकारी अधिकृत भिश्मराज चालिसे बिरुद्द नेपाल धितोपत्र बोर्डमा उजुरी परेको छ । सीइओ हुनको लागि चालिसेको योग्यता नपुग्ने भन्दै लगानी कर्ताहरुको तर्फबाट मेख बहादुर दाहालले बोर्डमा उजुरी दिएका हुन् । 

प्रमुख कार्यकारी अधिकृत बन्नको लागि कम्तिमा स्नातकोत्तर वा चार्ट्र्ड् अकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनु पर्ने ब्यबस्था रहेको र चालिसेले सो उपाधि हासिल नगरेको उजुरीकर्ता दाहालले दाबी गरेका छन् । चालिसेले आफुले त्रिभुवन बिश्वबिध्यालयबाट स्नातकोत्तर गरेको उल्लेख गरेको भएपनि उनले उपाधि नै हासिल नगरेको दाहालको दाबी छ। दाहालले चालिसे कार्यरत पछिल्ला कम्पनीबाट उनले सो उपाधि हासिल नगरेको र प्रमाणपत्र समेत पेश नगरेको जानकारी आफुले पाएको उजुरीमा उल्लेख गरेका छन् ।

दाहालले चालिसेको शैक्षिक योग्यताको प्रमाण बुझ्न र आवश्यक छानबिन गर्न बोर्ड समक्ष आग्रह गरेका छन् । दाहालले उजुरीको बोधार्थ अर्थ मन्त्रालयका सचिव र सानिमा बैंकका अध्यक्षलाई समेत दिएका छन्। 

क्यापिटलमा सीइओ नियुक्त भएका चालिसे सिडीएससीको सीईओ बन्ने दौडमा समेत थिए । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad