बीमा समितिले खुलायो : कोरोना बीमा भुक्तानी ढिला हुनुको कारण


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बीमा समितिले खुलायो : कोरोना बीमा भुक्तानी ढिला हुनुको कारण

बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाई हुनुको कारण खुलाएको छ । अर्थ मन्त्रालयले कारोना बीमाको अविलम्ब भुक्तानी गर्न बराम्बर ताकेता गरेपछि समितिले प्रेस विज्ञप्ती जारी गर्दै स्पष्टीकरण दिएका हो ।

कोरोना बीमा मापदण्ड अनुसार कोरोना बीमाको दायित्व बीमा समिति र नेपाल सरकारको समेत हुने भएकोले यसको लेखा परीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुने हुँदा कोरोना बीमा मापदण्ड अनुसार कतिपय बिषयमा स्पष्ट नभएको,कोरोना परीक्षण रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भेरिफिकेशनका लागि पठाउनु पर्दा दाबी भुक्तानीमा ढिलाई भएको समितिले जनाएको छ ।

यसैगरी दोहोरो दाबी पर्ने भएकोले पनि भेरिफिकेशन गर्न र दोहोरो भुक्तानी नियन्त्रण गर्न समय लागेको पनि समितिले जनाएको छ ।चौथो कारणमा,गत असोज र कार्तिकमा बीमा कम्पनीहरुका कर्मचारीहरु एवं बीमा समितिमा कार्यरत कर्मचारीहरु समेत संक्रमित भई दैनिक कार्य सञ्चालनमा अफ्ठ्यारो परेकोले कोरोना बीमाको दावी भुक्तानीमा समय लागेको समितिको भनाइ छ ।

Read More
  • MBL - below news