काठमाडौं । सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सम्झौता भएको छ । बैंक र आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप प्रयोग गर्न निःशुल्क इन्टरनेट प्याकेज दिने सम्बन्धी सम्झौता भएको हो ।
एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेल आजियाटाका तर्फबाट प्रमुख कानून, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पत्र अनुसार सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एप सेवा लिने बैंकका सेवाग्राहीहरुलाई करिब ३०० रुपैयाँ बराबरको डाटा तथा भ्वाइस सेवा सहितको निःशुल्क सिम कार्ड प्रदान गरिने भएको छ ।








