विकास बैंकमा सबैभन्दा बढी चुक्तापूँजी भएको मुक्तिनाथ विकासको ५ वर्षको लाभांश विवरण :


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
विकास बैंकमा सबैभन्दा बढी चुक्तापूँजी भएको मुक्तिनाथ विकासको ५ वर्षको लाभांश विवरण :

मंसिर २६, काठमाडौं । विकास बैंक मध्यकै सबैभन्दा बढी चुक्तापूँजी मुक्तिनाथ विकास बैंकको रहेको छ । कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ३२ करोड ४९ लाख रहेको छ । कम्पनीले गत आवको मुनाफाबट यस वर्षका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

११ दशमलव २५ प्रतिशत बोनस शेयर र ४ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबकाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । गत वर्षको तुलनामा यसवर्ष लाभांश घटेको छ । कम्पनीले गत वर्ष १७ दशमलव ६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 

कम्पनीकोे नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा २८ दशमलव ५८ प्रतिशत वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. २२ करोड ८७ लाख ६४ हजार खुद नाफा आर्जन गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २९ करोड ४१ लाख ५९ हजार पुगेको हो । 

Read More
  • MBL