सनराइज बैंकको ५४ औं शाखारहित बैंकिङ्ग सेवा बझाङको राजकोटमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंकको ५४ औं शाखारहित बैंकिङ्ग सेवा बझाङको राजकोटमा

सनराइज बैंक लिमिटेडले बझाङ जिल्लाका जयपृथ्वी नगरपालिका–३, राजकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५४ पुगेको छ । बैंकले जयपृथ्वी नगरपालिका वडा नं ३,राजकोटमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा श्री विष्णु बहादुर खड्कालार्ई नियुक्त गरेको छ ।

बिहिवार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा पांण्डु माध्यमिक विद्यालय, पडेश, राजकोटका प्रधानाध्यापक राम बहादुर ऐडीको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा चैनपुर शाखाका अपरेशन इन्चार्ज  नबराज रोकाया र अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

Read More
  • MBL - below news