काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
आज शुक्रबार बसेको सञ्चालक समितिको ३५७ औं बैठकले आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभाशंको कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । ...