सनराइज बैंक र सानीभेरी गाउँपालिकाबिच सम्झौता, कृषि तथा सहुलियतपूर्ण कर्जा दिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंक र सानीभेरी गाउँपालिकाबिच सम्झौता, कृषि तथा सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । सनराइज बैंक लिमिटेड तथा सानीभेरी गाउँपालिकाबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका अख्तियार प्राप्त विपन्न वर्ग तथा कृषि कर्जा बिभागका प्रमूख दिपक पण्डित तथा सानीभेरीका अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका हुन् । 

सनराइज बैंक लिमिटेडको केन्द्रीय कार्यालय गैह्रीधारामा भएको उक्त हस्ताक्षर कार्यक्रम सानीभेरी गाउँपालिकाद्वारा अनुरोध/सिफारीस गरिएका संभाब्य इच्छुक कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा रुकुम (पश्चिम) का सभासद जनार्दन शर्मा, बैंक संचालक समितीका अध्यक्ष मोतीलाल दुगड तथा प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलको उपस्थिती रहेको थियो ।  

उक्त सम्झौता पछि सिफारिस गरिएका सम्पूर्ण योग्य इच्छुक कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई आवश्यक सल्लाह उपलब्ध गराउने र ब्याज अनुदान कर्जा लगानी गर्ने सम्बन्धमा दुवै पक्ष सहमत भएका छन् । 

Read More
  • MBL - below news