नेपाल बङ्गलादेश बैंकको ९८ औं शाखा राजविराजमा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
नेपाल बङ्गलादेश बैंकको ९८ औं शाखा राजविराजमा

नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नं ४ मा आफ्नो ९८औं शाखा संचालनमा ल्याएको छ ।

बैंकले २०७७, मंसिर १८ गतेबाट सप्तरी जिल्लाको राजविराज शाखा उद्घाटन गरि औपचारिक कारोबार शुभारम्भ गरेको हो । उक्त शाखाको औपचारिक समुद्घाटन राजविराज नगरपालिकाका मेयर श्री शम्भु यादव तथा बैँकका प्रादेशिक प्रमुख श्री बाल कृष्ण श्रेष्ठद्धारा संयुक्त रुपमा गर्नु भएको थियो ।

बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।

Read More
  • EBL Ad news