मुद्दति र बचतबीचको ब्याजदर अन्तर ५% कायम


  • KBL News Ad
  • ADBL
  • City Express
मुद्दति र बचतबीचको ब्याजदर अन्तर ५% कायम

काठमाडौं : केन्द्रीय बैंकले बचतको ब्याजदरलाई केही सन्तुलनमा राख्ने प्रयास गरेको छ । बिहीबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा  गर्दै केन्द्रीय बैंकले मुद्दति निक्षेप र बचत खाताबीचको ब्याज दर अन्तर ५% भन्दा बढि हुन नहुने व्यवस्था गरेको हो । बचको ब्याजदर निकै तल्लो विन्दुमा आएपछि केही स्थायित्व कायम गर्न यस्तो व्यवस्था गरिएको हो । 

केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षा  गर्दै बचतको ब्याजदर धेरै घट्न नदिन भन्दै ५% को अंकुश लगाएको जनाएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था आएसँगै बैंकहरुले बचतको ब्याज दर न्यूनतम (१.५%) सम्म झारेका छन् । 

Read More
  • EBL Ad news