बीमा समितिको अध्यक्षका लागि दौडधुप सुरु


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बीमा समितिको अध्यक्षका लागि दौडधुप सुरु

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको आगामी अध्यक्षका लागि प्रतिस्पर्धा सुरु भएको छ । हालका अध्यक्ष चिरञ्जीवी चापागाईको कार्यकाल पौष २३ गतेबाट सकिने भएकाले अब नयाँ अध्यक्ष को बन्ला भन्ने विषयले ध्यान तानेको छ । आगामी अध्यक्षका लागि धेरैले आफु दावेदार हुन सक्ने बताइरहेका छन् भने चापागाई अझै एक कार्यकाल दोहोर्याउन बल गरीरहेका छन् । चापागाईसँगै डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी (शिवाकोटी दुई महिनापछि डेपुटी गभर्नरबाट अवकाश हुँदैछन्), नेपाल स्टक एक्सचेञ्जका पूर्व अध्यक्ष टंक पनेरु, राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल अहिले प्रतिस्पर्धामा उत्रिएका छन् ।

Read More
  • MBL - below news