एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले वार्षिक तलब भत्ता तथा बोनस बापत २ करोड ५० लाख रुपैयाँ बुझेका छन्।
एनआएसी एसियालाई निक्षेप, कर्जा लगानी, नाफा, शाखा सञ्जालका हिसाबले पहिलो नम्बरमा ल्याउन प्रमुख योगदानकर्ता न्यौपानेले भत्तासहित कुल वार्षिक तलब बापत एक करोड ८० लाख रुपैयाँ बुझेका हुन्। त्यस्तै उनले कर्मचारी बोनस बापत ७० लाख ५९ हजार रुपैयाँ प्राप्त गरेका हुन्।
तलब भत्ता बाहेक उनलाई एक सावारी साधनको सुविधा दिइएको छ। सवारी साधनमा लाग्ने ड्राइभर, बीमा, कर, मर्मत सम्भार लगायतका खर्च बैंकले प्रदान गरेको छ। साथै उनले टेलिफोन खर्च पनि प्राप्त गर्दछन्।
गत आर्थिक वर्ष २०७६/७७ मा प्रमुख कार्यकारी अधिकृतलाई प्रदान गरिएको तलब सुविधासहित कूल कर्मचारी खर्च २ अर्ब ९१ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ।