बैकको शेयरमा धुरिए लगानीकर्ता,आइतबार सर्किटमा एक लाख कित्ता किन्छु भन्नेले पनि शेयर पाएनन्


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
बैकको शेयरमा धुरिए लगानीकर्ता,आइतबार सर्किटमा एक लाख कित्ता किन्छु भन्नेले पनि शेयर पाएनन्

साताको पहिलो दिन शेयर बजारले अर्को नयाँ रेकर्ड चुमेको छ। सूचक र कारोबार रकम दुवैले आइतबार नयाँ रेकर्ड कायम गरेका छन्। नेप्से सूचक इतिहासकै सबैभन्दा उच्चतम बिन्दु १९६८.२७ अंकमा पुगेको छ।

७५.०२ अंकको वृद्धिसँगै सूचक अहिलेसम्मकै उच्चतम बिन्दुमा पुगेको हो। सूचक मात्रै उच्चतम बिन्दुमा पुगेको होइन कारोबार रकमले पनि इतिहास रचेको छ। आइतबार अहिले सम्मकै सबैभन्दा बढी नौ अर्व २२ करोडको कारोबार गर्दै बजारमा कारोबार रकमले पनि इतिहास रचेको हो।

कारोबार रकम र सूचक नयाँ नयाँ रेकर्ड बनाउँदै अघि बढ्दै जाँदा यति बेला लगानीकर्ता बैकिङ्ग समूहमा ओइरिन थालेका छन्। बजारमा सूचिकृत कम्पनीमा सबैभन्दा कम मूल्यमा बैंक समूहको शेयर पाउन थालेपछि लगानीकर्ता बैंकमा ओइरिन थालेका हुन्। बजार बढ्दै जाँदा लगानीकर्ताले सस्ता कम्पनीमा बढी फोकस गर्ने गरेका छन्। यति बेला सूचिकृत कम्पनीमा बैंक बाहेक अरू समूहका शेयर मूल्यले नयाँ उचाइ छोइसकेका छन्।लगानीकर्ता लाभांश पनि दिने र मूल्य समेत सस्तो भएपछि बैकको शेयर किन्न धुरिएको लगानीकर्ताहरूको बिश्लेषण छ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad