काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको समयको महत्वलाई ध्यानमा राखि र कोरोनाको महामारीको विषम परिस्थितीमा डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकलाई थप प्रविधिमैत्री बनाउने क्रममा बैंकले आप्mनो वेबसाइटकबाट सिधै विभिन्न कर्जाका लागि आवेदन दिन सक्ने साथै कर्जा स्वीकृतिका लागी आवश्यक पर्ने कागजात समेत अनलाइन मार्फत नै ग्राहकहरुले प्रस्तुत गर्नसक्ने सुविधा उपलब्ध गराएको हो ।









