काठमाडौ । नेपाल राष्ट्र बैंकले एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैक र फाईनान्स कम्पनीहरुमा ३६५ दिने मुद्धती निक्षेपको रुपमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप राख्ने भएको हो ।
रकम लगानीका लागि बैंक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर १४ गते अपरान्ह तीन बजेसम्ममा आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत उल्लेख गरी राष्ट्र बैंकमा प्रस्ताव पेस गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि २०७७ पुस एक गते देखि २०७८ मंसिर २९ गतेसम्म रहेको छ ।