मुक्तिनाथ विकास बैंकको कृषि कम्पनी, निकट भविष्यमा आइपीओ


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंकको कृषि कम्पनी, निकट भविष्यमा आइपीओ

कृषि क्रान्ति।यो राजनीतिक नेतृत्वमा रहेकाहरुको दशकौदेखिको एजेण्डा हो ।विडम्बना कृषि प्रधान भनिने नेपालमा यो गफ मै सिमित भएको छ । अर्थात यसमा ठोस काम हुन सकेको छैन ।तर एउटा विकास बैंकको सहायक कम्पनी कृषिमा क्रान्ति गर्ने दृढ विश्वास र लक्ष्यको साथ अगाडी बढेको छ। 

मुक्तिनाथ विकास बैंकको सहायक कम्पनीको रुपमा स्थापना भएको 'मुक्तिनाथ कृषि कम्पनी' ले २ वर्ष पुरा गरिसकेको छ। कम्पनीका दर्जन बढी उदेश्य भए पनि छोटकरीमा भन्दा आफ्नो लक्ष्य भनेको 'कम्प्लिट एग्रीकल्चर सोलुसन' प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।अर्थात अहिलेको परम्परागत कृषिलाई बदलेर कृषिमा क्रान्ति ल्याउनु ।

कम्पनीको नारा 'शहरको पुँजी गाउँमा, गाउँको उत्पादन शहरमा' रहेको छ ।अर्थात कम्पनीले बिचौलिया बिहिन कृषिको परिकल्पना गरेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad