सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा झापामा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा झापामा

सनराइज बैंक लिमिटेडले झापा जिल्लाको अर्जुनधारा गोलधापमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५३ पुगेको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका–९ गोलधापमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा सुमन राईलाई नियुक्त गरेको छ ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।

Read More
  • MBL