मुक्तिनाथ विकास बैंकलाई ‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०’ पुरस्कृत


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंकलाई ‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०’ पुरस्कृत

लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०’ को विजेता मुक्तिनाथ  विकास बैंक भएको छ ।

काठमाडौं । मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी ‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०’को प्रथम पुरस्कारबाट पुरस्कृत भएको हो । 

‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०’को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १÷१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad