सानिमा बैंकको १६ औं साधारण सभाले पारित गर्याे सेयरधनीलाई १३.६० प्रतिशत लाभांश


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको १६ औं साधारण सभाले पारित गर्याे सेयरधनीलाई १३.६० प्रतिशत लाभांश

सानिमा बैंकको १६ औं साधारण सभा सम्पन्न भएको छ । बैंकले कार्तिक २८ गते शुक्रबार १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । बैंकले विश्वभर फैलिएको कोभिड–१९ महामारीको अवस्थालाई मध्यनजर गर्दै शेयरधनीलाई भर्चुअल माध्यमबाट उपस्थितिकाको व्यवस्था मिलायको थियो । बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा संचालन सभा समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापँुजीको १० प्रतिशत वोनस शेयर र ३.६० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ मा.१ खर्व ७८ अर्ब खुदमुनाफा गरेको छ । बैंकको कुल सम्पत्ति १२ खर्व ६सय ३१अर्ब, कुलनिक्षेप रु.११ खर्व १० अर्ब तथा खुदकर्जा सापटी ९३ अर्व ६९अर्ब रहेको छ । आर्थिक वर्ष २०७५/७६को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १९.३०, १२.२९, र १५.८१ प्रतिशतले वृद्धि गरेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news