२७ बैंकका सीईओलाई राष्ट्र बैंकले भन्यो-जथाभावी कर्जा नदिनू


  • KBL News Ad
  • ADBL
  • City Express
२७ बैंकका सीईओलाई राष्ट्र बैंकले भन्यो-जथाभावी कर्जा नदिनू

२६ कात्तिक, काठमाडौं । जथाभावी कर्जा लगानी नगर्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । बुधबार २७ वटै कमर्सियल बैंकका सीईओहरुलाई भर्चुअल बैठकमा राखेर राष्ट्र बैंकले कर्जा लगानी गर्दा ध्यान दिन निर्देशन दिएको हो ।

बैंकिङ क्षेत्रको पछिल्लो अवस्थाबारे छलफल गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बुधबार भर्चुअल बैठक डाँकेको थियो । बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरुद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ साथै नियमनका अन्य अधिकारीहरु सहभागी थिए ।

बैंकहरुका तर्फबाट भने बैंकर्स संघका अध्यक्ष भुवन दाहालसहित २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी थिए । बैठक ४ घण्टासम्म बसेको थियो । दिउँसो १ बजे शुरु भएको बैठक साँझ ५ बजेसम्म चलेको थियो ।

बैठकको शुरुमा सबै बैंकका सीईओहरुलाई ५/५ मिनेट समय छुट्टाइएको थियो । सबै बैंकका सीईओहरुले कर्जा लगानी धेरै हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । संघका अध्यक्ष भुवन दाहालले बैंकहरुको कर्जा लगानी नभएको भन्दै राष्ट्र बैंकसँग तरलता खिचिदिन आग्रह गरे । लगानीका लागि अन्य सहज वातावरण समेत बनाइदिनु पर्ने अध्यक्ष दाहालको माग थियो । ...

Read More
  • EBL Ad news