ग्लोबल आइएमइ बैंकको २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सुरु


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमइ बैंकको २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सुरु

ग्लोबल आइएमइ बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ। यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३१ पुगेको छ।

बैंकले भोजपुरको जिल्लाको सदानन्द गाँउपालिका वडा नं. ११, झ्याउपोखरीमा र धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. ७, हाथमुण्डामा उक्त सेवा संचालन गरेको हो।

झ्याउपोखरीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा ङंदिरा घले र हाथमुण्डामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा धर्मेन्द्र कुमार महतोलाई नियुक्त गरिएको छ।

यो बैंकिङ्ग सेवाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिस होमको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन  सकिन्छ। ...

Read More
  • EBL Ad news