सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज कार्तिक १६ गते अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि कात्तिक १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज कात्तिक १६ गतेसम्म कायम सेयरधनीहरुले मात्र बैंकले गत आर्थिक बर्षको मुनाफाबाट दिने लाभांश प्राप्त गर्न तथा बार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन । 

बैंकले यहि कात्तिक २८ गतेको लागि आफ्नो १६ औं बार्षिक साधारणसभा आह्वान गरेको छ ।  बार्षिक साधारण सभा अम्रापाली ब्यान्केट बालुवाटारमा डाकिएको भएपनि कोभिड १९ को बढ्दो जोखिमलाई मध्यनजर गरेर लगानीकर्तालाई भर्चुअल उपस्तिथीको व्यवस्था गरिएको बैंकले जनाएको छ । 

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजन सहित ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  साधारणसभामा पारित्गरेपाची उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । 

Read More
  • MBL - below news
  • EBL Ad news