जनरल इन्स्योरेन्सको शेयर लगातार पाँचौ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जनरल इन्स्योरेन्सको शेयर लगातार पाँचौ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार

गत सातादेखि कारोबारमा आएको जनरल इन्स्योरेन्स को शेयर लगातार पाँचौ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

गत साताको बुधबार अर्थात असोज २८ गतेदेखि यस इन्स्योरेन्सको ३०५ रुपैयाँमा पहिलो कारोबार भएको थियो। सो दिनेदेखि निरन्तर सकारात्मक सर्किट लेभलमा बढेको यस इन्स्योरेन्सको शेयरमूल्य यस दिन ४८८ रुपैयाँ कारोबार भइरहेको छ।

कारोबारमा आएको पहिलो दिन नै ३० रुपैयाँ बढेर ३३५ रुपैयाँ पुगेको यस इन्स्योरेन्सको शेयरमूल्य त्यसपछिका दिनमा क्रमशः ३६८, ४०४ र ४४४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

Read More
  • MBL - below news