हरेक डिजिटल कारोबारबाट १ रुपैयाँ सामाजिक कार्यलाई


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
हरेक डिजिटल कारोबारबाट १ रुपैयाँ सामाजिक कार्यलाई

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले हरेक मोबाइल बैंकिङ्ग कारोबारको एक रपैयाँ सामाजिक कार्यमा खर्च गर्ने भएको छ । बैंकले दशैंको अवसर पारेर सर्वजनिक गरेको सेलिब्रेट फर कज नामको योजना अन्तर्गत सामाजिक कार्यमा खर्च गर्न लागेको हो ।

योजना अनुसार कार्तिक एक गतेदेखि १० गतेसम्म भएको डिजिटल कारोबारमा बैंकको तर्फबाट १ का दरले समाजिक उत्तरदायित्वका लागि योगदान हुने बैंकले जनाएको छ । बैंकको मोबाईल बैंकबाट क्यूआर, यूटीलीटी तथा मर्चेन्ट भुक्तानी वा कारोबार हुर्दा बैंकले एक रुपैयाँका दरले सामाजिक कार्यकालागि योगदान गर्नेछ ।

बैंकले यस अभियानमार्फत उक्त १० दिनसम्म संकलन भएको रकम कोरोना महामारीबाट गम्भीर असर भोगिरहेका बृद्धाश्रम, बालगृह जस्ता सामाजिक संस्थाहरूलाई प्रदान गर्ने उल्लेख गरेको छ ।

Read More
  • MBL