आज पनि जनरल इन्स्योरेन्सको सेयरमा चलखेल


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आज पनि जनरल इन्स्योरेन्सको सेयरमा चलखेल

काठमाण्डौ । स्टक ब्रोकर नम्बर २८ श्रीकृष्ण सेक्युरिटिजबाट आज बिहीबार पनि जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयरमा जानाजान चलखेल भएको छ।

हिजैदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको जनरल इन्स्योरेन्स कम्पनीमा न्यूनतम १० कित्ताभन्दा तल टुक्र्याएर बिक्री गर्दैै चलेखल भएको हो। नेप्सेको फ्लोरसिटमा जनरल इन्स्योरेन्सको १० कित्ता सेयरलाई टुक्र्याई २ कित्ता र ८ कित्ता क्रमशः प्रतिकित्ता रु. ३४६ र रु. ३४३ प्रतिकित्तामा स्टक ब्रोकर नम्बर २८ बाट स्टक ब्रोकर नम्बर २८ सँग नै कारोबार म्याचिङ भएको छ। 

यस विषयमा स्टक ब्रोकर नम्बर २८ का सञ्चालक नन्द किशोर मुन्दडाले आफ्ना अनलाइन ग्राहकले उक्त सेयर कारोबार गरेको दाबी गरेका छन्। सेयरमूल्य बढाउने योजनामा लगानीकर्ताले यस्तो चलखेल प्रयास गरेको उनको भनाइ छ।

Read More
  • MBL - below news