जनरल इन्सुरेन्सको खुल्यो सेयर कारोबार, उच्चतम रेन्जबाट खरिदबिक्री सुरु


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जनरल इन्सुरेन्सको खुल्यो सेयर कारोबार, उच्चतम रेन्जबाट खरिदबिक्री सुरु

काठमाडौं : जनरल इन्सुेन्सको कम्पनीको सेयर कारोबार खुला भएको छ । नेप्सेमा बुधबार यस कम्पनीको पहिलो कारोबार ३०५ रुपैयाँमा खुलेको हो । मंगलबारबाट कारोबार हुने भनिए पनि स्पेसल प्री–ओपनिङ सेसनमा कारोबार नहुँदा रोकिएको थियो ।

यस कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसा ओपनिङ रेन्ज तोकेको थियो । जस अनुसार उच्चतम रेन्जबाट कारोबार सुरु भएको हो । जनरल इन्सुरेन्सको जीआइसी संकेतमा कारोबार खुला भएको छ । जनरलको गत सोमबार १ करोड कित्ता सेयर सूचीकरण भइसकेको छ । 

Read More
  • MBL - below news