असोज २७, काठमाडौं । कोभिड—१९ कारण लकडाउनको समयमा सार्वजनिक विद्यालयका छात्राका लागि जोन्टा क्लब काठमाडौंले प्रारम्भिक चरणमा अनलाईन शिक्षा शुरु गर्न सहयोग गरेको छ ।
कोभिडका कारण विद्यालयका बालबालिकाहरु विशेष गरी छात्राहरूलाई असर परेको तथा निजी र सार्वजनिक विद्यालयहरूमा छात्राहरुको शिक्षामा फराकिलो अन्तर हुने गरेको पाइएको भन्दै सनराइज बैंकको सहयोगमा जोन्टा क्लवले नेपालको सबभन्दा पुरानो दरबार हाईस्कूलमा अनलाईन शिक्षाको पहल शुरू गरेको हो ।








