मुक्तिनाथ विकास बैंकद्वारा लेखापरीक्षकहरुलाई सहज कर्जा प्रवाह गर्ने सम्झौता


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंकद्वारा लेखापरीक्षकहरुलाई सहज कर्जा प्रवाह गर्ने सम्झौता

मुक्तिनाथ विकास बैंकले लेखापरीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने सम्झौता गरेको छ । नेपाल अडिटर्स एशोसिएसन (अडान) मा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छुट सहित प्रोफेशनल कर्जा प्रदान गर्ने गरी बैंकले सो सम्झौता गरेको हो । उक्क्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल अडिटर्स एशोसिएसका अध्यक्ष मोहन रेग्मीले हस्ताक्षर गरेका हुन् ।सम्झौताले लेखापरीक्षक संघका आजीवन सदस्यहरुलाई कर्जा सेवाका अतिरिक्त बचत तथा डिजिटल बैंकिङ्ग सेवाहरु सहज रुपमा प्रदान गरिने भएकोले संघका सदस्यहरुलाई थप लाभ पुग्ने अपेक्षा गरिएको छ । अडानले लेखा व्यबसायसंग सम्बन्धित लेखापरीक्षक एबं लेखा व्यबसायीहरुको हितका लागि बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तालीम, गोष्ठी, सेमिनारहरु गर्दै आएको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad