काठमाडौं । नेपाल राष्ट्र बैंकमा एकै पटक १९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । शनिबार गरिएको परिक्षणमा १९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
प्राप्त जानकारी अनुसार केन्दीय बैंक काठमाडौंको बालुवाटार र दरबारमार्ग कार्यालय गरी १० वटा विभागका कर्मचारीमा आइतबार कोरोना पुष्टी भएको हो । यस अघिपनि राष्ट्र बैंकका कर्मचारी र उनका परिवार गरी कुल १०६ जना कर्मचारी कोरोना संक्रमित भइसकेका थिए । योसँगै राष्ट्र बैंकका ८० जना कर्मचारी र ६१ जना परिवारका सदस्य गरी १ सय २१ कोरोना संक्रमित भइसकेका छन् ।