सिद्धार्थ बैंकले असोज १६ गते निष्काशन गरेको ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको बैंकले दावी गरेको छ । रु ३ अर्बको सो ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेकै कारण छोटो समयमै माग भन्दा बढी रकमको लागि आवेदन प्राप्त भएको बैंकको भनाइ छ । निष्काशन गरिएको उक्त ऋणपत्र आश्विन २० गते बन्द भइसकेको छ ।
लगानीकर्ताहरुको महत्वपूर्ण सहभागिता प्रति बैंकले सम्पूर्ण लगानीकर्ता प्रति कृतज्ञता व्यक्त गरेको छ ।
बैंकले आगामी दिनमा अझ बढी नवीनतम र उतकृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता समेत जनाएको छ ।