२५ असोज, काठमाडौं । विद्युतिय माध्यम (वालेट) बाट सरकारी राजश्व तिर्दा शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई सरकारी राजश्व वालेटबाट तिर्दा कुनै पनि अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले आगामी पुस मसान्तसम्म सरकारी राजश्व तिर्दा थप शुल्क नलाग्ने गरी निर्देशन दिइएको बताए । कोरोना महामारीका बेला भएकाले सरकारी राजश्व तिर्न सहज बनाउनका लागि शुल्क नलाग्ने निर्देशन दिइएको उनले बताए ।