काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको प्रति शेयर अंकित मूल्य १०० दरकोे १२ लाख ३० हजार कित्ता १२ करोड ३० लाख साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ । साथै यस नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई उक्त कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त गर्ने सम्झौता समेत भएको छ ।
सामलिङ्ग पावर कम्पनीकोे रजिष्टर्ड कार्यालय सानेपा–२ ललितपुरमा आयोजित एक समारोह बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र सामलिङ्ग पावरका प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेलले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।







