सानिमा बैंकले ‘दशैं धमाका’ योजना ल्याएको छ।
अनलाइन बजार दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान किन्दा विशेष छुट पाउने भएका हुन्।
यो योजनाअन्तर्गत दराजबाट लिएका सामानको भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार ५ सय सम्मको छुट पाउँछन्। यसैगरी सस्तो ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि दिइनेछ।








