स्ट्याण्डर्ड चार्टड बैङ्कको कारोबारमा यसरी लुटिन्छन् ग्राहक


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
स्ट्याण्डर्ड चार्टड बैङ्कको कारोबारमा यसरी लुटिन्छन् ग्राहक

विदेशी लगानी रहेको स्ट्याण्डर्ड चार्टड बैङ्कले सेवा शुल्कको नाममा आफ्नै ग्राहकमाथि लुट धन्दा चलाएको प्रमाण फेला परेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैङ्क अस्ट्रेलियाको स्ट्याण्डर्ड चाटर्ड ग्रिनलेज लिमिटेडको शाखाको रुपमा ४६.८१ प्रतिशत सेयर लगानी छ ।

ठूला र धेरै कमाउने बैङ्कहरुले सेवाग्राहीलाई सुविधा दिनुका साटो यो वा त्यो नाममा चर्को शुल्क लिएर लुट्ने गरेको देखिएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैङ्क आँफैले जारी गरेको एसटिसी अर्थात् स्ट्याण्डर्ड ट्यारिफ एण्ड चार्जेजलाई हेर्दा बैङ्कले ग्राहकबाट महङ्गो शुुल्क लिने गरेको पाइएको हो ।

एउटा एटिएम कार्ड लिन २ हजार ५ सय तिर्नुपर्ने, चेक लिन ढिला गए जरिवाना लाग्ने,  एटिएम कार्ड बनाएको ६० दिनभित्र नगए अर्को जरिवाना तिर्नुपर्ने लगायत यो वा त्यो नाममा चर्को शुल्क असुलेर ग्राहक ठग्ने गरेको देखिन्छ ।

Read More
  • MBL - below news
  • EBL Ad news