सानिमा बैंकको नयाँ शाखा रौतहटको चन्द्रपुरमा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको नयाँ शाखा रौतहटको चन्द्रपुरमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले चन्द्रपुरमा आफ्नो ८३ औँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । आजदेखि बैंकको नयाँ शाखा औपचारिक रुपमा संचालनमा आएको हो । 

रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं.४ स्थित, चन्द्रपुर शाखाको समुद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई शाखा संचालनमा आएकोमा मेयर चौधरीले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न आग्रह गरे ।  

Read More
  • MBL - below news
  • EBL Ad news