पेन्सन कोषको १ अर्ब ७८ करोड लगानी गर्न राष्ट्र बैंकले माग्यो आह्वान


  • KBL News Ad
  • ADBL
  • City Express
पेन्सन कोषको १ अर्ब ७८ करोड लगानी गर्न राष्ट्र बैंकले माग्यो आह्वान

नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको १ अर्ब ७८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । २४० दिने मुद्दती निक्षेपमा केन्द्रिय बैंकले बैंक तथा वित्तिय संस्थामा लगानी गर्न लागेको हो ।  बाणिज्य बैंकमा १ अर्ब ४२ करोड ४० लाख  रुपैयाँ, विकास बैंकमा २६ करोड ७० लाख रुपैयाँ र फाइनान्स कम्पनीमा ८ करोड ९० लाख रुपैयाँ लगानी गर्ने भएकले इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको लगानी रकम उल्लेख गरी आवेदन दिनुपर्नेछ ।

आवेदन दिन लिन चाहेको रकम र दिन चाहेको ब्याज उल्लेख गरी  सिलबन्दी प्रस्ताव फारम बुझाउनु पर्नेछ ।  असोज १८ दिनको ४ बजेभित्र प्रस्ताव फारम केन्द्रिय बैंकमा बुझाउँनु पर्नेछ । 
यस लगानीमा सहभागी हुन विभिन्न ११ वटा शर्त भने बैंक तथा वित्तिय संस्थाले पुरा गर्नुपर्नेछ ।

Read More
  • EBL Ad news