अहिले बैंकहरु नाफामुखी भन्दा व्यवसाय टिकाउनेतर्फ केन्द्रित हुनुपर्छ : गभर्नर


  • KBL News Ad
  • ADBL
  • City Express
अहिले बैंकहरु नाफामुखी भन्दा व्यवसाय टिकाउनेतर्फ केन्द्रित हुनुपर्छ : गभर्नर

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकका अध्यक्षहरुलाई अहिले नाफामुखी भन्दा व्यवसाय टिकाउनेतर्फ केन्द्रित हुन आग्रह गरेका छन् । अधिकारीले अध्यक्षहरुसँगको छलफलका क्रममा कोभिड १९ ले आक्रान्त पारिरहेको अवस्थामा सबैभन्दा पहिला आफ्ना ग्राहकहरुलाई बचाउन अनुरोध गरेका हुन् । पहिलो कुरा बाच्नुपर्ने र बाचेपछि मात्रै अन्य कुराहरु गर्न सकिने भएकाले नाफाभन्दा उद्योग बचाउने विषयमा उनले जोड दिएका छन् ।  


कोभिडको असरसँगै निम्तिएको असहज परिस्थितिमा अर्थतन्त्र र वित्तीय प्रणालीको सम्बद्र्धनमा टेवा पुग्नेगरी वित्तीय सेवा प्रदान गर्नसमेत उनले आग्रह गरे । उनले भने, ‘यतिबेला बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुनुहुँदैन । आफ्नो व्यवसायलाई टिकाउनेतर्फ यहाँहरु केन्द्रित हुनुपर्छ ।’ साथै, उनले अध्यक्षहरुलाई स्वतस्फूर्त रुपमा मर्जरमा जान सुझाव दिएका छन् । राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा नीतिगत सहुलियत दिएको उल्लेख गर्दै गभर्नर अधिकारीले मर्जर तथा प्राप्तिको सम्बन्धमा आपसमा निर्णय गरेर निष्कर्षमा पुग्न बैंकका सञ्चालक समितिका अध्यक्षहरुसँग आग्रह गरेका छन् । ...

Read More
  • EBL Ad news