मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलिया (Muktinath Remit Australia) को कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको website https://www.muktinathremit.com.au मा log in गरी वा मोबाईल एप्स बाट नेपालमा रहेका कुनैपनि बैंकको खातामा रकम पठाउन सकिने छ ।
साथै मुक्तिनाथ रेमिट मार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटको ४,००० भन्दा बढी एजेन्ट मार्फत पनि प्राप्त गर्न सकिनेछ । थप विस्तृत विवरणका लागि मुक्तिनाथ रेमिट अष्ट्रेलिया को website https://www.muktinathremit.com.au पनि हेर्न सकिनेछ । कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले Visa Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।









