राष्ट्र बैंकका डेपुटी गभर्नरलाई देखियो कोरोना


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकका डेपुटी गभर्नरलाई देखियो कोरोना

११ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्र बैंकमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि गत बुधबार परीक्षणका लागि स्वाब दिएका डेपुटी गभर्नर श्रेष्ठलाई बिहीबार कोरोना पुष्टि भएको हो ।

आफूलाई बिहीबार कोरोना पुष्टि भएपछि अहिले होम आइसोलेसनमा बसिरहेको श्रेष्ठले जानकारी दिए । कोरोना लागेपनि आफू स्वस्थ रहेको उनले बताए ।

‘पुष्टि हुनु भन्दा अगाडि रुघाखोकी लागेपनि अहिले स्वस्थ छु’ अनलाइनखबरसँगको कुराकानीमा श्रेष्ठले भने, ‘डराउनुपर्ने केही छैन, कुनै असहज लक्षण पनि देखिएको छैन ।’

हालसम्म परिवारका अन्य सदस्यमा पुष्टि भइनसकेको उनले जानकारी दिए । डेपुटी गभर्नर श्रेष्ठलाई कोरोना संक्रमण भएसँगै केन्द्रीय बैंकका कर्मचारीहरुमा कोरोना पुष्टि भएकाको संख्या ३१ पुगेको छ ।

Read More
  • EBL Ad news