काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वर्ष अघिको मार्गदर्शनलाई ब्युताएको छ । अब बैंक तथा वित्तीय संस्थाले वातावरणीय प्रभाव मूल्यांकन(इआईए) पछि मात्रै उद्योग–व्यवसाय वा परियोजनामा कर्जा लगानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले २ वर्ष अघि बैंक तथा वित्तीय संस्थाका लागि वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन मार्गदर्शन (इएसआरएम) पनि जारी गरेकोे छ ।
यसको प्रभावकारी कार्यान्वयनको लागि राष्ट्र बैंकले चालु आर्थिक वर्षकाको मौद्रिक नीति पछि ल्याएको एकृकीत निर्देशिका, २०७७ मार्फत बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्नुभन्दा पहिला वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गर्नुपर्ने व्यवस्था गरेको हो । यो व्यवस्थासँगै अब बैंक तथा वित्तीय संस्थाले कुनै उद्योग तथा परियोजनामा कर्जा लगानी गर्दा पर्यावरणीय प्रभावको विश्लेषण गरेर मात्रै कर्जा प्रवाह गर्नुपर्नेछ ।