सनराइज बैंकको ५०औं शाखारहित बैंकिङ्ग सञ्चालनमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंकको ५०औं शाखारहित बैंकिङ्ग सञ्चालनमा

सनराइज बैंक Sunrise Bank Limited   ले शुक्रबार थप शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बाँकेको खजुरा गाउँपालिका २ मा आफ्नो ५०औं शाखारहित बैंकिङ्ग सञ्चालन गरेको छ ।

सो शाखाको उद्घाटन गाउँपालिका २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा भएको हो । प्रमुख अतिथि गुरतालले बैंकको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि सुजाता खरेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मंडल र बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने छ । 

Read More
  • MBL - below news