राष्ट्र बैंकले राष्ट्रिय स्तरमा स्तरोन्नति हुन नसकेका लघुवित्त वित्तीय संस्थाहरुलाई एकभन्दा बढी प्रदेशमा कारोबार गर्न रोक लगाउने भएको छ। राष्ट्र बैंकले राष्ट्रिय स्तरमा स्तरोन्नती हुन नसकेको र एक भन्दा बढी प्रदेशमा शाखा कार्यालय खोली कारोबार सञ्चालन गरिरहेको संस्थाले २०७८ असार मसान्तभित्र कार्यक्षेत्र बाहेकको प्रदेशमा रहेका शाखा बिक्री,बन्द वा स्थानान्तरण गरी सम्पूर्ण कार्यक्षेत्र एउटै प्रदेशभित्र सीमित गरीसक्नु पर्ने व्यवस्था गरेको छ। यस सँगै अबबाट लघुवित्त वित्तीय संस्थाहरुले इलेक्ट्रोनिक माध्यमबाट हुने बैकिङ (ई–बैकिङ) सेवा प्रदान गर्न नपाउने भएका छन्। त्यस्तै राष्ट्र बैंकले न्युनतम पुँजीकोष अनुपात कायम गर्न नसकेका लघुवित्तहरुलाई लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेको छ ।
परिपत्र नं. २ (घ): नेपाल राष्ट्र बैंकबाट “ (घ)” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७६ मा संशोधन/परिमार्जन/थप व्यवस्था (पूर्ण पाठ सहित) ...